Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
६०औँ साधारण सभा

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। महासङ्घको विधान अनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नुभएको छ । उहाँ चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यस पटक नै अन्तिम हो । महासङ्घको वर्तमान विधान अनुसार आउँदो महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव हुनेछ । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।

यस्तै अस्ति सोमवारदेखि शुरू भएको महासङ्घको ६०औँ साधारणसभा तथा चुनावबाट नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फका दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी हुनुभयो ।

यस्तै वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजङ्ग पाण्डे विजयी हुनुभयो । यस्तै जिल्ला, नगर उद्योग वाणिज्य सङ्घतर्फ कार्यसमिति सदस्यमा १५ जना निर्वाचित भएका छन् ।

प्रदेशतर्फ जिल्ला/नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भएका छन् । वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् ।

एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भएका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घबाट एक कार्यसमिति सदस्य र संस्थापक सदस्य समूहबाट दुई कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार