काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई अबदेखि कार्यालय समयभन्दा बढी काम लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम) दिनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको कार्यसमय र पारिश्रमिकका सम्बन्धमा नयाँ निर्देशन जारी गरेको हो ।
श्रम ऐनमा उक्त व्यवस्था भए पनि बैंकका कर्मचारीहरूले अबेरसम्म काम गर्नुपर्ने तर उचित पारिश्रमिक नपाउने गुनासो बढेको थियो । सोही आधारमा प्रचलित व्यवस्था र श्रम ऐन बमोजिम अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
श्रम ऐनमा उक्त व्यवस्था भए पनि राष्ट्र बैंकले बैंकहरूलाई जारी गरेको निर्देशनमा उक्त व्यवस्था थिएन । सोही कारण ओभरटाइमको पारिश्रमिक सम्बन्धमा बैंक अनुसारका आफ्नै नीति थिए । केही बैंकले दिने र केही बैंकले नदिने अवस्था पनि रहेको थियो ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयभन्दा बढी समय काम गर्न ‘बाध्य’ पार्न नपाउने व्यवस्था समेत गरेको छ । कर्मचारीको सहमति र कानुन सम्मत प्रक्रियाबाट मात्र अतिरिक्त काम लगाउन सकिने निर्देशनमा उल्लेख छ । बैंकका कर्मचारीको कार्यसमय र त्यसको पारिश्रमिकको विषयमा केन्द्रीय बैंकमा व्यापक गुनासो आएपछि यसमा छलफल भएर राष्ट्र बैंकले निर्देशन जारी गरेको स्रोतले बतायो । शुक्रबार नेपाल बैंकर्स संघका अध्यक्ष सहितका पदाधिकारीलाई गभर्नर डा। विश्वनाथ पौडेलले बोलाएर छलफल गरेका थिए । त्यसलगत्तै राष्ट्र बैंकले परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो ।
यसअघि सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा आउटसोर्सिङ (श्रमिक आपूर्ति कम्पनी) मार्फत कार्यरत सुरक्षाकर्मी, सवारी चालक र कार्यालय सहयोगीहरूको श्रम अधिकार सुनिश्चित गर्न कडा कदम चालेको थियो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै सबै बैंकहरूमा श्रम ऐन र नियमावलीको पूर्ण कार्यान्वयन गराउन निर्देशन दिएको थियो । ‘हेलो सरकार’ र श्रम मन्त्रालयमा श्रमिकहरूले न्यूनतम पारिश्रमिक र सेवा(सुविधा नपाएको व्यापक उजुरी परेपछि युवा, श्रम तथा रोजगार मन्त्रीको निर्देशनमा यो प्रक्रिया अघि बढाइएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com