Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

समयमै काम पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

समयमै काम पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

प्रधानमन्त्री कार्यालय मातहतको कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई  कालो सूचीमा राखिएको जानकारी दिएको हो। 

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

कालो सूचीमा राखिएका निर्माण कम्पनीमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको निर्माण गरिरहेको रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रालिसमेत छन्। 

1_mElr3l8pX6.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार