Nov 19 2026 | २०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

Follow us

बढ्दो अलोकप्रियताबीच बेलायती प्रधानमन्त्री किअर स्टार्मरद्वारा पदबाट राजीनामा

बढ्दो अलोकप्रियताबीच बेलायती प्रधानमन्त्री किअर स्टार्मरद्वारा पदबाट राजीनामा

काठमाडौं । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले सोमबार राजीनामा घोषणा गरेका छन्। दुई वर्ष पनि नबिति उनले राजीनामा गरेका हुन् । राजीनामा घोषणा गर्दै गर्दा स्टार्मर भावुक बनेका थिए । नीतिगत अडानमा युर्टनका कारण उनको लोकप्रियतामा कमी आएको थियो जसका कारण लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा उनले गरेका थिए ।

लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले अहिलेसम्म गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको दाबी प्रस्तुत गरे ।

‘मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो। त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु’, भावुक हुँदै उनले भने। नयाँ लेबर नेता चयन प्रक्रिया जुलाईमा शुरु भई सेप्टेम्बरभित्र सकिने बताइएको छ । त्यतिन्जेल उनी नै प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन् ।

सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार