काठमाडौं । नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गर्नुभएको छ । समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराई र सदस्यहरू पं. सूर्यप्रसाद ढुंगेल, प्रा.डा. माधवप्रसाद लामिछाने, उपप्रा. नेत्रप्रसाद अधिकारी र सिद्धिलक्ष्मी व्यञ्जनकारले असार २३ गते मंगलबार पदभार ग्रहण गर्नुभएको हो ।
उहाँहरुलाई नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०८३ असार १७ गतेको मन्त्रीस्तरीय निर्णयानुसार समितिमा मनोनयन गरिएको थियो । वाल्मीकि विद्यापीठका सह प्राध्यापक अध्यक्ष भट्टराई दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका पूर्व सभापति तथा सल्लाहकार समेत हुनुहुन्छ । यसैगरी, उहाँ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सञ्चालन गर्दै आएको ६ महिने ‘ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण’कार्यक्रमको शुरुवाती अवस्था, पाठ्यक्रम तयारीदेखि नै जोडिदै आउनुभएको छ ।
यस्तै, सदस्य मनोनित पं सूर्यप्रसाद ढुंगेल समितिको पूर्व कार्यकारी निर्देशक तथा सदस्य–सचिव हुनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com