Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us
भारतको पहिलो सहकारी विश्वविद्यालय

त्रिभुवन सहकारी विश्वविद्यालयको पहिलो ब्याच: ३ सय स्नातकोत्तर, २ पीएचडी

त्रिभुवन सहकारी विश्वविद्यालयको पहिलो ब्याच: ३ सय स्नातकोत्तर, २ पीएचडी

एजेन्सी । भारतको पहिलो सहकारी विश्वविद्यालयको पहिलो ब्याचअन्तर्गत ३ सय बढी विद्यार्थी हिजो दीक्षित भएका छन् । विश्वविद्यालय स्थापना भएपछिको पहिलो व्याच अन्तर्गत् २ जनाले विद्यावारिधि (पीएचडी) र ३ सयले स्नातकोत्तर उत्तिर्ण गरेका हुन् । भारतको गुजरातराज्यको आनन्द शहरमा अवस्थित इरमाबाट ३ सय २ जनाले ग्रामीण अर्थतन्त्रमा एमबीए पूरा गरेका छन् । एमबीएमा नाला सेनापथि भीले गोल्ड मेडल हासिल गर्नुभएको छ ।

केन्द्रीय सहकारी राज्य मन्त्री मुरलीधर मोहलले बैंकिङ, डेरी, मत्स्य, कृषि, मौरीपालन आदि विविध क्षेत्रमा सहकारीहरु बिस्तार भएसँगै दक्ष जनशक्ति र अनुसन्धाताहरुको माग बढेको बताउनुभयो । उहाँले भन्नुभयो, त्रिभुवन सहकारी विश्वविद्यालयले नयाँ पुस्ताका सहकारी लिडरहरु जन्माउनेछ । उक्त विश्वविद्यालय सहकारी क्षेत्रको भारतको पहिलो विश्वविद्यालय हो ।

यसैबीच, हाल गुजरातमा मात्र कक्षा सञ्चालन गर्दै आएको विश्वविद्यालयले कर्नाटक र ओडिसामा पनि क्याम्पस सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

यस्तो छ रोजगारी
ग्रयाजुएटहरुहरु औसतमा न्यूनतम १६ लाख भारतीय रुपैयादेखि करिब वार्षिक ४० लाख ६८ हजार भारतीय रुपैयाँ सम्म तलब सुविधा पाउने गरी स्वदेशी र विदेशी कम्पनीहरुमा आवद्ध भैसकेका छन् । धेरैजसले सहकारी क्षेत्रमै नाम कहिलएका निकायहरुमा रोजगारी पाएका छन् । मुख्यतः अमुल डेरी, आइसीआइसीआइ बैंक, मदर डेरी, नेशनल कोअपरेटिभ डिभेलमपेन्ट कर्पोरेशन, नेशनल कोअपरेटिभ एक्सपोर्टस् लिमिटेड, आइडीबीआइ बैंक, नेशनल कोअपरेटिभ अर्गानिक्स लिमिटेड आदिमा रोजगारी प्राप्त गरेका छन् ।

भारतीय सहकारी अभियानका अगुवा त्रिभुवनदास किसिभाइ पटेलको सम्झनामा सन् २०२५ मा स्थापना भएको त्रिभुवन सहकारी विश्वविद्यालयले सहकारी व्यवस्थापन, सहकारी कानून, सहकारी वित्त, ग्रामीण व्यवस्थापन आदि विषयमा स्नातकदेखि स्नातकोत्तर तथा विद्यावारिधि तहसम्म कक्षा सञ्चालन गर्दै आएको छ ।

भारतीय संसदले उक्त विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापनका लागि सन् २०२५ मा त्रिभुवन सहकारी विश्वद्यिालय कानुन पारित गरेको थियो । 

746328072_1564174618693518_2618618172458932562_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार