काठमाडौं । बचत तथा ऋण सहकारीहरुको विश्वस्तरीय छाता संगठन विश्व ऋण परिषद् (ओकू) ले सन् २०२१ देखि हरेक वर्ष डिजिटल ग्रोथ अवार्ड प्रदान गर्दै आएको छ । वित्तीय समावेशीकरण र नवप्रवर्तनका माध्यबाट सदस्यहरुलाई सेवाको गुणस्तरीयता र चुस्ततालाई बढावा दिने डिजिटल समाधानहरू लागू गरेबापत ओकूले सदस्य संघ वा उनीहरुका सदस्य प्रारम्भिक संस्थालाई वार्षिक रुपमा यो पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।
पुरस्कृतहरुलाई ओकूले विश्व क्रेडिट युनियन सम्मेलनको क्रममा हुने आफ्नो वार्षिक साधारण सभामा सम्मानित गर्दछ । सोही अनुसार यसवर्ष अष्ट्रेलियाको सिड्नीमा आयोजित २०२६ को विश्व क्रेडिट युनियन सम्मेलनमा आज मंगलबार, जुलाई २१ का दिन नेपालको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको छ ।
विश्वव्यापी क्रेडिट युनियन प्रणालीमा डिजिटल रूपान्तरण विस्तार गर्ने उद्देश्यसहित ओकूले यो पुरस्कार स्थापना गरेको हो । बैंक तथा वित्तीय संस्थाको तुलनामा साना मानिएका क्रेडिट युनियनहरुलाई डिजिटाइजेशनमा जान प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको हो । क्रेडिट युनियनका सदस्यहरुको प्रविधिमा पहुँच पुर्याउनु यसको मुख्य लक्ष्य हो । प्रविधिको विकास र पहुँचमार्फत नै क्रेडिट युनियनहरुको प्रतिस्पर्धी स्थान कायम गर्न सकिने आवश्यकतालाई ध्यानमा राखेर ओकूले यो पुरस्कार स्थापना गरेको हो ।
छनोटका मापदण्डहरू
पुरस्कारका लागि ओकूले आवेदन माग गर्दछ । ओकूका सदस्य संघहरु तथा तिनमा आवद्ध जो कोही पनि संस्था आवेदन दिइ सहभागी हुनसक्छ । तर, पुरस्कारका लागि आवेदन दिएको संस्थाले आफूले लागू गरेको डिजिटल समाधानको सेवाबाट पिधँमा परेका वा बञ्चितीकरणमा परेकासमुदायका सदस्यहरूमाझ पहुँच पुर्याएर वित्तीय समावेशीकरण विस्तार गरेको पुष्टि गर्नुपर्दछ ।
यस्तै, संस्थाले प्रयोगमा ल्याएको उक्त डिजिटल सेवाले लागत घटाएर, सञ्चालन प्रक्रियालाई सरल बनाउनुका साथै सदस्यहरूको अनुभवमा सुधार ल्याएर संस्थाका लागि एउटा महत्वपूर्ण उपलब्धिको काम गरेको हुनुपर्छ। त्यसैगरी, अर्को भनेको उक्त डिजिटल समाधान अरु क्रेडिट युनियनहरुले पनि लागू गर्न सक्ने वा मिल्ने हुनुपर्दछ । पुरस्कार प्राप्त गर्ने संस्थाको मुलुकका वा क्षेत्र नजिकका अन्य क्रेडिट युनियनले पनि त्यस्तै सेवा लागू गर्छु भन्दा दुरुस्तै लागू गर्न सक्ने खालको हुनुपर्ने ओकूको प्रावधान छ ।
डिजिटल ग्रोथ अवार्डका लागि ओकूले आवेदन माग गर्दछ । ओकूका सदस्य संघहरु वा तिनमा आवद्ध सदस्य संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
पुरस्कार छनौट र पुरस्कृतहरु
क्रेडिट युनियनका व्यावसायिक विज्ञहरू र डिजिटल वित्त विज्ञहरु सम्मिलित टोलीले पुरस्कृतहरुको छनौट गर्ने गर्दछ । गत वर्ष यो पुरस्कार अमेरिकाको फ्लोरिडास्थित युएसएफ क्रेडिट युनियनले प्राप्त गरेको थियो ।
सन् २०२१ मा पहिलो पटक यो पुरस्कार एशियाली ऋण महासंघ (अकू), फिलिपिन्सस्थित क्रेडिट युनियन फेडेरेशन (पीएफसीसीओ) र फिलिपिन्सकै नेशनल एशोसिएसन अफ क्रेडिट कोअपरेटभ्ज (नाट्को फिलिपिन्स)लाई काया पेमेन्ट प्लेटफर्मका लागि संयुक्त रुपमा प्रदान गरिएको थियो । ब्राजिलको सिक्रेडी र सिकोब, भियतनामको सहकारी बैंक, इन्डोनेसियाको पुस्कोपकुइना आदिले पनि यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com