काठमाडौं । कञ्चनपुरस्थित समुदायमा आधारित सदस्य केन्द्रित निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले रसुवा बाढीको वितण्डाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको सहयोगमा अग्रसरता देखाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय विपत्तिमा सहयोग गर्नु संस्थागत दायित्व भएको जनाउँदै सेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, उपसमिति र कर्मचारीको तर्फबाट ५१ हजार रुपैयाँ योगदान गर्ने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा उक्त रकम प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा योगदान गर्ने जनाइएको छ ।
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले साकोसले संकटपूर्ण घडीमा आफ्नो सामाजिक तथा संस्थागत दायित्व भएको जनाउँदै सहयोगको लागि अग्रसरता देखाएको हो । साथै शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न संघ संस्था निकायहरुलाई समेत आ आफ्नो ठाउँबाट स्वेच्छिक रुपमा राहत कोषमा योगदान तथा अन्य किसिमको सहयोग गरी राष्ट्रिय संकटको विषम घडीमा हातेमालो गर्न समेत संस्थाले अपिल जारी गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com