Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

विराटनगरको बुद्धोदय साकोसद्वारा राहत कोषमा १ लाख १ हजार सहयोग

विराटनगरको बुद्धोदय साकोसद्वारा राहत कोषमा १ लाख १ हजार सहयोग

काठमाडौं । विराटनगरको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बुद्धोदय साकोसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा रु. एक लाख एक हजार रुपैयाँ योगदान गरेको आज जनाएको छ । 

साकोसले आपत र विपतको समयमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण संयन्त्र, स्थानीय तह, सुरक्षाकर्मी, संघ र संस्थाको प्रयासमा हातेमालो गर्नु सामाजिक उत्तरदायित्व भएको जनाउँदै केन्द्रीय संघ नेफ्स्कून लगायत सम्पूर्ण सहकारी अभियानले लिएको मानवीय सेवाको दृढ संकल्पमा ऐक्यबद्धता जनाएको छ । सोही अनुरुप  संस्थाले राहत तथा पुनरुत्थान कार्यमा सहयोग पुऱ्याउने निर्णय लिएको जनाएको छ ।

साकोसले संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

संस्थाकातर्फबाट अध्यक्ष राजेन्द्र प्रसाद खनालले सेयर सदस्यहरुको जानकारीका लागि सूचना प्रकाशित गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार