काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै काठमाडौंको कलंकीस्थित मिराकल बचत तथा ऋण सहकारी संस्था लि.ले ३१,१५१ रुपैयाँको सहयोग प्रदान गरेको छ ।
विपद्को यस कठिन घडीमा संस्थाको सानो सहयोगले पीडित परिवारमा केही राहत र आशा प्रदान गर्न सकोस भन्ने कामनासहित मिराकल साकोसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको संस्थाका अध्यक्ष भरत कोइराला खत्रीले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
साकोसले राष्ट्रिय विपदको यो समयमा सबैलाई सहयोग गर्न, मानवता प्रदर्शन गर्न र जीवन बचाउन आग्रह गर्दै सरकारको प्रयासमा आफूले पनि यथाशक्य साथ दिएको हो ।
मिराकल साकोसले सञ्चालक समितिको भत्ताबापत १२ हजार, ८ जना कर्मचारीबाट ४ हजार र संस्थागत कोषबाट १५ हजार १ सय ५१ रुपैयाँ गरी जम्मा ३१ हजार १ सय ५१ रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ ।
समुदायलाई परेको बेला सहकारीको भूमिकालाई जीवन्त बनाउँदै मिराकल साकोसले सहयोगी भाव प्रदर्शन गरेको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको अकल्पनीय मानवीय एवम् भौतिक क्षतिबाट संस्था परिवार अन्यन्त स्तब्ध बनेको भन्दै कलंकी १४ स्थित मिराकल साकोसले सहयोगको हात अघि बढाएको जनाएको छ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com