Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

विपद् प्रभावितहरुका लागि चम्पावती साकोसको २३ हजार सहयोग

विपद् प्रभावितहरुका लागि चम्पावती साकोसको २३ हजार सहयोग

काठमाडौं । टोखा-९ गोंगबुस्थित चम्पावती बचत तथा ऋण सहकारी संस्था लि.ले हालै रसुवामा आएको प्राकृतिक विपद् तथा पहिरोका कारण प्रभावित नागरिकहरूको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

विपद्को यस दुःखद् घडीमा प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै चम्पावती साकोसले आफ्नो तर्फबाट २३ हजार रुपैयाँ सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरी राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सानो सहयोगले पनि विपद्मा परेका परिवारहरूको पीडामा केही राहत र आशा थप्न सक्छ भन्ने विश्वास चम्पावती साकोसले लिएको छ । यसैबीच, संस्थाले सम्बन्धित सबै निकाय, संघ–संस्था तथा

नागरिकहरूलाई पनि आफ्नो क्षमता र सामर्थ्यअनुसार मानवीय सहयोगमा जुट्न हार्दिक अनुरोध समेत सचिव हरिप्रसाद खरेलले जारी गरेको अपिलमा उल्लेख छ ।

संस्थाले भनेको छ, 'विपद्मा परेकाहरूलाई साथ दिऔँ, मानवताको हात बढाऔँ।'

788259857_1685485470253908_2107016567160005103_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार