काठमाडौं । विराटनगर १६-स्थित लाभान्वित बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लाभान्वित साकोसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपैयाँ योगदान गरेको आज जनाएको छ । सञ्चालक समितिले उक्त सहयोग रकममा सहमति जनाएको संस्थाका अध्यक्षले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
साकोसले आपत र विपतको समयमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण संयन्त्र, स्थानीय तह, सुरक्षाकर्मी, संघ र संस्थाको प्रयासमा हातेमालो गर्नु सामाजिक उत्तरदायित्व भएको जनाउँदै केन्द्रीय संघ नेफ्स्कून लगायत सम्पूर्ण सहकारी अभियानले लिएको मानवीय सेवाको दृढ संकल्पमा ऐक्यबद्धता जनाएको छ । सोही अनुरुप संस्थाले राहत तथा पुनरुत्थान कार्यमा सहयोग पुऱ्याउने निर्णय लिएको जनाएको छ ।
साकोसले संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
संस्थाकातर्फबाट अध्यक्ष प्रमोद कुमार साहले सेयर सदस्यहरुको जानकारीका लागि सूचना प्रकाशित गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com