Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

जिल्लाका सहकारीहरुलाई सहयोगमा जुट्न दोलखाली सहकारी अभियानको अपिल

जिल्लाका सहकारीहरुलाई सहयोगमा जुट्न दोलखाली सहकारी अभियानको अपिल

काठमाडौं । दोलखाका सहकारी अभियानकर्मीहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न जिल्लाका सहकारी संस्थाहरूलाई अपिल गरेका छन्।

दोलखा जिल्ला सहकारी संघ, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ र सीएमएफको संयुक्त अपिलमार्फत बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको हो। सीएमएफ, दोलखाका संयोजक दीपक बस्नेत, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष भूमिराज खड्का र जिल्ला सहकारी संघ लिका अध्यक्ष देवीप्रसाद शर्मा फुयाँलले संयुक्त अपिल जारी गरेका हुन् । 

बुधबार तिब्बतबाट भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको जनाउँदै अपिलमा उद्धार, घाइतेको उपचार, राहत वितरण, बेपत्ताको खोजी तथा प्रभावित परिवारको पुनःस्थापनाका लागि राज्यसँगै सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

अपिलमा दोलखा जिल्लामा मात्रै ५७ जनाभन्दा बढी नागरिक अझै सम्पर्कविहीन तथा बेपत्ता रहेको उल्लेख गर्दै प्रभावित परिवारहरू पीडा र अनिश्चितताको अवस्थामा रहेको जनाइएको छ। दोलखाको सहकारी अभियानले बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, जिल्लाका सम्पूर्ण सहकारी संस्था तथा सहकारीकर्मीलाई प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ।

राहत कोषमा जम्मा गरिएको रकमको भौचर दोलखा जिल्ला सहकारी संघ लि, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ तथा सीएमएफलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ। अपिलमा सहकारी केवल आर्थिक कारोबार गर्ने संस्था नभई संकटका बेला समुदायलाई साथ दिने सामाजिक अभियानसमेत भएको उल्लेख गर्दै राष्ट्रिय विपद्को यस घडीमा प्रत्येक सहकारी संस्थाले आफ्नो क्षमता र अवस्थाअनुसार योगदान गर्न आह्वान गरिएको छ।

784350506_1255701039981787_838006120547604094_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार