Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्रिय विपदमा नाईल साकोसको साथ, २ लाख ५ हजार १ सय ८३ रुपैयाँ योगदान

राष्ट्रिय विपदमा नाईल साकोसको साथ, २ लाख ५ हजार १ सय ८३ रुपैयाँ योगदान

काठमाडौं । काठमाडौंको रविभनस्थित नाईल बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लाभान्वित साकोसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार १ सय ८३ रुपैयाँ योगदान गरेको आज जनाएको छ ।

संस्थाका अध्यक्ष निलमणि पाठकले राष्ट्रिय विपदको घडीमा नाईल बचत तथा ऋण सहकारी सधैं राज्यसँग उभिदै आएको भन्दै उद्दार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन राज्यसँग काँधमा काँध मिलाएर हिड्नु सबैको कर्तव्य हो भन्नेमा दृढतापूर्वक विश्वास गर्दछ भन्नुभएको छ । साथै सिङ्गो नाईल साकोस परिवारको तर्फबाट हाल बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा राज्य संयन्त्रप्रति कृतज्ञतासमेत व्यक्त गर्नुभएको छ । सामूदायिक हित र विपद व्यवस्थापनमा आफ्नो उपस्थिति देखाउँदै आएको नाईल साकोसले उक्त सहयोग रकमले तत्कालिन आवश्यकता पूर्तिमा सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष पाठकले जनाउनुभएको छ ।

नाईल बचत तथा ऋण सहकारीले आपत र विपतको समयमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण संयन्त्र, स्थानीय तह, सुरक्षाकर्मी, संघ र संस्थाको प्रयासमा हातेमालो गर्नु सामाजिक उत्तरदायित्व भएको जनाउँदै सहयोग पुऱ्याउने निर्णय लिएको जनाएको छ ।

साकोसले संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

संस्थाकातर्फबाट अध्यक्ष पाठकले सरोकारवाला तथा सेयर सदस्यहरुको जानकारीका लागि विज्ञप्ति प्रकाशित गर्नुभएको छ । 

WhatsApp Image 2026-08-31 at 17.54.27.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार