काठमाडौं । मानव सेवा भन्दा ठूलो धर्म अरु केही छैन भन्दै काठमाडौंको टोखा–९, गोंगबुस्थित सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको हो ।
विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ। विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाका अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यसैगरी, अध्यक्ष श्रेष्ठले यस दुःखद् र कठिन घडीमा सबै नागरिक, व्यवसायिक संस्था, उद्योग, बैंक तथा विभिन्न संघ–संस्थाहरूलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न संस्थाकातर्फबाट सबैमा हार्दिक अनुरोध समेत गर्नुभएको छ ।
अध्यक्ष श्रेष्ठले भन्नुभएको छ, 'हामी सबैको सानो–सानो सहयोगले प्रभावित परिवारहरूको जीवन पुनः सामान्य बनाउन ठूलो योगदान पुर्याउन सक्छ। मानवताको यस पवित्र अभियानमा एकजुट भई सहयोगको हात बढाऔँ। प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण परिवारहरूको शीघ्र उद्धार, सुरक्षित पुनर्स्थापना तथा सामान्य जीवनमा फर्कने वातावरण निर्माण होस् भन्ने हार्दिक कामना गर्दछौँ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com