Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

रसुवा बाढी प्रभावितको राहत र उद्धारमा नागरिक लगानी कोषको एक करोड सहयोग

रसुवा बाढी प्रभावितको राहत र उद्धारमा नागरिक लगानी कोषको एक करोड सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।

कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

रसुवाको भोटेकोशी तथा त्रिशूलीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको दुस्खद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनस्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको कोषका कार्यकारी निर्देशक कार्कीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार