काठमाडौं । सर्लाहीको हरिवन मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५३ हजार २ सय २२ रुपैयाँ योगदान गरेको छ । सहकारिताको मर्म र सिद्धान्तलाई आत्मसात् गर्दै समुदायमा आधारित सदस्य केन्द्रित सगुन साकोसले सामुदायिक विकास कोषमार्फत राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको हो । संस्थाका अध्यक्ष केशवप्रसाद ढकाल र प्रबन्धक रविन्द्र रानाले सूचना जारी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट दुई लाख २२ हजार २२२ रुपैयाँ र कर्मचारीहरुको तर्फबाट ३१ हजार रुपैयाँ गरी दुई लाख ५३ हजार २२२ रुपैयाँ जम्मा गरिएको जानकारी गराउनुभएको छ ।
विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ ।
सगुन साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
यसैगरी, अध्यक्ष तथा प्रबन्धकले यस दुःखद् र कठिन घडीमा सबै नागरिक, व्यवसायिक संस्था, उद्योग, बैंक तथा विभिन्न संघ–संस्थाहरूलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न संस्थाकातर्फबाट सबैमा हार्दिक अनुरोध समेत गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com