काठमाडौं । सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने घोषणा गर्दै सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषको आबद्धता अनिवार्य गरेको छ । संसद्को संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।
“योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गरिनेछ । इन्टर्नलाई पनि स्टर्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गरिनेछ ।”
यस्तै, श्रम अडिटमार्फत आधारभूत श्रम मापदण्ड बनाउँदै दक्ष जनशक्तिको पलायन रोक्न श्रम प्रोत्साहनको अभ्यासलाइ निरन्तता दिने पनि घोषणा गरेको छ ।
“श्रम अडिटका माध्यामबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ, “दक्ष जनशक्ति पलायन रोक्न विगतमा भए गरेका, तर हाल रोकिएका श्रम प्रोत्साहनका अभ्यासलाइ निरन्तरता दिइनेछ ।”
आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाउने घोषणा गरेको सरकारले उद्यमशीलतालाई सोदेशमै रोजगारी सिर्जना गर्ने आधार बनाएको छ ।
“देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ, “आगामी दशकलाई 'आन्तरिक रोजगारी दशक' का रूपमा मनाइनेछ ।”
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com