टर्की । अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व १४ नोभेम्बरदेखि कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सम्हाल्नुभएको छ।
नेतृत्व सम्हालेसँगै उहाँले नेपालको जलवायु प्राथमिकताका विषयलाई अघि बढाउने क्रममा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनसँग औपचारिक भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा मन्त्री चौधरीले ३ वटा मुख्य विषयलाई प्राथमिकताका साथ उठाउनुभएको छ। उहाँले महासागरसम्बन्धी मुद्दालाई कोपको छलफलमा थप महत्त्व दिन, नेपाल, किर्गिस्तान र भुटानको सहकार्यमा हिमाली मुद्दालाई प्रथामिकता दिनुपर्ने विषय उठाउनु भएको छ । यो मुद्यामा निष्कर्षमा पुर्याउन निरन्तर संवाद र सहकार्य गर्न आग्रह गर्नुभयो। साथै, कोप–३१ को अन्तिम दस्तावेजमा पनि हिमालसम्बन्धी विषय समावेश गर्नुपर्नेमा जोड दिनुभयो।
कोपमा विभिन्न जलवायु मुद्दामाथि छलफलमा माउन्टेन एजेन्डा ओझेलमा पर्न नहुने मन्त्री चौधरीको भनाइ थियो। उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीलाई कोपको छलफल तथा निर्णय प्रक्रियामा उचित प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। साथै, हिमालसम्बन्धी विषयलाई कोप–३१ को अन्तिम मस्यौदा दस्तावेजमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो। मन्त्री चौधरीले उठाउनुभएका यी विषयमा कोप अध्यक्षले सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com