Nov 19 2026 | २०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

Follow us

हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोक लगाउने ट्रम्प प्रशासनको कदम विरुद्ध  मुद्दा दायर

हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोक लगाउने ट्रम्प प्रशासनको कदम विरुद्ध  मुद्दा दायर

एजेन्सी ।  हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कदम विरुद्ध अदालतमा मुद्दा परेको छ । हार्वर्ड विश्वविद्यालयले बोस्टनको फेडेरल कोर्टमा ट्रम्प प्रशासनको निर्णय विरुद्ध मुद्दा दायर गर्दै उक्त कदमले अमेरिकी संविधानको ठाडो उल्लंघन गरेको दाबी सहित खारेजीको माग गरेको छ । हार्वर्डले आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थीहरुको हक अधिकारको लागि विश्वविद्यालय लड्ने समेत जनाएको छ ।

यसअघि, ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना अनुमति खारेज गरेको थियो ।  जसले गर्दा ट्रम्प प्रशासन र अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयबीचको द्वन्द्वलाई झनै चर्काएको छ । सरकारका नीतिगत कुरा कार्यान्वयन गर्न नमानेका कारण देखाउँदै हार्वर्डलाई कडा कारवाही स्वरुप सो कदम चालिएको थियो ।

यो निर्णयसँगै हार्भर्ड विश्वविद्यालयले अब विदेशी विद्यार्थी भर्ना गर्न नसक्नेर  हाल अध्ययनरत विदेशी विद्यार्थीहरूले अन्यत्र सर्नु वा आफ्नो कानुनी हैसियत गुमाउनु पर्ने अवस्था थियो ।

हार्भर्ड र ट्रम्प प्रशासनबीच महिनौँदेखि द्वन्द्व चलिरहेको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिहरूको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।

विश्वविद्यालयका प्राध्यापकहरूले भने विदेशी विद्यार्थीहरूको सामूहिक पलायनले विश्वविद्यालयको शैक्षिक स्तरमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । हार्वर्डमा १४० भन्दा धेरै देशका विद्यार्थी अध्ययनरत छन् । ट्रम्प प्रशासनको निर्णयले उक्त विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभाव पर्न सक्छ।

गत शैक्षिक वर्ष हार्वर्डमा ६,७०० विदेशी विद्यार्थी भर्ना भएको आँकडा विश्वविद्यालयले दिएको छजुन उसको कुल विद्यार्थी सङ्ख्याको २७ प्रतिशत हो। सरकारको कदमबारेको समाचार बिहीवार फैलिएसँगै हजारौँ विद्यार्थीहरूमाझ त्रास र निराशा फैलिएको थियो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार