Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम

बागमती प्रदेश सरकारले सहकारी नीति तर्जुमा गर्ने

बागमती प्रदेश सरकारले सहकारी नीति तर्जुमा गर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले सहकारी नीति तर्जुमा गरी वित्तीय तथा व्यवस्थापकीय जोखिममा रहेका सहकारी संस्थाहरुको अध्ययन, विश्लेषण र वर्गीकरण गर्नुका साथै बचतकर्ताहरुको बचत तथा लगानी संरक्षणमा जोड दिने जनाएको छ ।  बागमती प्रदेश सभामा आज पेश गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारी सम्बन्धमा उक्त विषय समावेश गरिएका छन् । 

यसैगरी, उत्पादनमूलक सहकारी संघ संस्थाहरुको प्रभावकारी उत्पादन, प्रशोधन र बजारीकरणको लार्ग प्रविधि, मेशिनरी उपकरण तथा सीप हस्तान्तरणमार्फत प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले ४८ र ४९ नं बुँदामा सहकारी सम्बन्धी नीति तथा कार्यक्रम अटाएको छ ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सरकारको तर्फबाट भएको नीति तथा कार्यक्रममा आगामी बजेटमा योजना बैंकमार्फत कर्यक्रम अघि बढाउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार