Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपालको पहिलो बजेट

नेपालको पहिलो बजेट

काठमाडौँ- नेपालमा विसं २००८ सालदेखि वार्षिक बजेट प्रस्तुत गर्ने व्यवस्थाको थालनी भएको हो । नेपालमा बजेट प्रस्तुत गर्ने चलन प्रजातान्त्रिक व्यवस्थाको शुरुवातसँगै भएको हो । २००८ साल माघ २१ गते नेपालमा संवैधानिक व्यवस्थाअनुसार सर्वप्रथम बजेट पेश भएको थियो ।

नेपालको पहिलो बजेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर राणाले पेश गरेका थिए । बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ थियो  । २००८ सालदेखि २०१२ सालसम्मका बजेट शान्ति सुरक्षा कायम राख्‍न, राजस्व संकलन र दैनिक प्रशासन सञ्चालनमा केन्द्रित रहेको थियो ।

२०१३ सालदेखि योजनावद्ध विकासको थालनी प्रारम्भ भई आर्थिक वर्ष २०१३-१४ देखि प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनमा आएपछि सोही योजनाको लक्ष्य प्राप्तिका लागि बजेट व्यवस्थापनको चलन शुरु भएको हो ।

२००८ सालको बजेटको पूर्णपाठ :

बजेट+वक्तव्य+२००८+1_20201118030850_compressed-compressed.pdf :To download file click here

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार