काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताउनुभएको छ । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आज आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ संस्था, कृषि कर्जा लिएका ऋणी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उहाँले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।
उहाँले आफू गभर्नर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको स्पष्ट पार्नुभयो । जसअन्तर्गत मध्य पहाडी लोक मार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी पुगेको उहाँले बताउनुभयो । उहाँले सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउने विश्वास दिलाउनुभयो ।
गभर्नर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या समाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com