काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने मागसहित पीडित सदस्यहरु बचतकर्ताले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका छन् ।
बचतकर्ताहरूले सोमबार मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न दबाब दिएका हुन् । उनीहरूले एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको तर सुनुवाइ नभएको भन्दै पुनः हेटौंडा पुगेका हुन् ।
१३ हजारभन्दा बढी शेयर सदस्य रहेको सो सहकारीको २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ ।
प्रदेश सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर निक्षेप सुरक्षित गर्नुपर्ने उनीहरुको माग छ ।
सहकारी तथा गरिबी मन्त्रालयले भने पीडितहरूको मागका आधारमा नै प्रहरी अनुसन्धान अघि बढेको जनाएको छ । मुद्दा हाल अदालतमा रहेकाले समस्याग्रस्त घोषणा गर्न मिल्ने–नमिल्नेबारे विज्ञहरूसँग आवश्यक छलफलपछि मात्रै भन्न सकिले मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशमा रहेका ३ हजार २ सय २९ सहकारी मध्ये जेठ २५ गतेसम्म ३ सय ५१ वटा सहकारी विरुद्ध उजुरी परेका छन् । तीमध्ये ६० वटा प्रहरी अनुसन्धानमा छन् भने १४ वटा सहकारीको अनुसन्धान जिम्मा सीआईबीलाई दिइएको छ । बागमती प्रदेशमा हाल ५ वटा सहकारी समस्याग्रस्त घोषित भएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com