Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
असार १५ गते

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

काठमाडौँ । कृषि विभागले यही असार १५ गते २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको हो । 

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । हिजोआयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सञ्जेलले दिवसको प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि गरिने बताउँदै धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिने जानकारी गराउनुभयो ।

प्रत्येक वर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको विभागले ‘धान बालीमा सघनता स् खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । 

महानिर्देशक सञ्जेलले धान बालीको उत्पादनमा सुधार ल्याइ खाद्य सुरक्षामा योगदान पुर्‍याउनुपर्नेमा जोड दिँदै धान उत्पादनमा वैज्ञानिक विधिको प्रयोग, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । 

विभागले कृषकको जीवनस्तर उकास्न नीति निर्माणदेखि व्यावहारिक कार्यान्वयनसम्म सबै तहमा संवेदनशील हुनुपर्नेमा जोड दिँदै कृषकलाई धान उत्पादन एवं उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउने जनाएको छ । 

दिवसमा राष्ट्रिय तथा स्थानीय तहका नीति निर्माता, कृषि समुदाय, कृषक समूहरसहकारी, कृषि बालीसम्बन्धी संस्था, सञ्चार माध्यमलगायत सहभागिता रहनेछ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार