Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

किसान साकोस ३१औं वर्षमा प्रवेश, सदस्य र समुदाय केन्द्रित सेवामा जोड

किसान साकोस ३१औं वर्षमा प्रवेश, सदस्य र समुदाय केन्द्रित सेवामा जोड

काठमाडौं । नवलपरासी जिल्लाको गैंडाकोट–८ मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था ३० वर्ष पुरा गरी ३१औं वर्ष प्रवेश गरेको छ । २०५२ असार १५ गते (आजकै दिन) स्थानीय २५ जनाको सक्रियतामा स्थापित संस्थाले हालसम्म २५ वटा सहकारी संस्थाबीच एकीकरण गरिसकेको छ । संस्थाले नाफामा भन्दा सदस्य र समुदायलाई केन्द्रित गर्दै आएको जनाएको छ । 

संस्थाले आज असार १५ गते आफ्नो ३०औं स्थापना दिवस मनाएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारी एवं विशिष्ट अतिथिमा उपमेयर शान्ति कोईरालाको उपस्थिती रहेको थियो। 

स्थापना दिवसको अवसरमा १३ गते कावासोती स्थित ज्ञानोदय मा.वि.र गैंडाकोट स्थित जनक नमुना मा.वि.मा अध्ययनरत विद्यार्थीहरुका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा विद्यालय शिक्षक र साकोसका प्रतिनिधिका साथै ट्राफिक प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । संस्थाले सचेतना सँगै जनक नमुना मा.वि. परिसर आसपासका सडकमा जेब्राक्रस समेत बनाएको जनाएको छ । 

IMG_8906_11zon.jpg
undefined

असार १४ गते संस्थाका सेवा केन्द्र रहेका विभिन्न दुई दर्जन स्थानका विभिन्न सार्वजनिक स्थलको सरसफाई सम्पन्न गरेको छ । संस्थाका सञ्चालक, कर्मचारी, उपसमिति र स्थानीयबासी सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले बताउनुभयो । “सप्ताहव्यापी स्थापना दिवस कार्यक्रम अन्तरगत आज असार १४ गते कार्यक्षेत्र भित्रका विभिन्न २१ वटा सार्वजनिक स्थलहरुको सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

sambnp001Sarsafaia2082-min.jpg
undefined

बिहान ७ः३० बजे सबै सेवाकेन्द्रहरुबाट एकै साथ सुरुभएको उक्त कार्यक्रमले सार्वजनिक स्थलहरु सफाई गर्नुका साथै सरसफाईमा सामाजिक सचेतना वृद्धि गर्ने विश्वास लिएका छौं” तिमिल्सीनाले भन्नुभयो । संस्थाले सरसफाई अभियान अन्तर्गत तनहुँ जिल्ला अन्तर्गत देवघाट गाउँपालिका, देवघाट स्थित देउपुर पार्क, चितवन जिल्ला अन्तर्गत नारायणघाट, पुल्चोकको हरिहर मन्दिर, भरतपुर स्थित दुर्गा मन्दिर, समृद्धि सेवा केन्द्र क्षेत्रमा रहेको विश्राम स्थल र चौतारी, रत्ननगर नगरपालिका, टाँडी क्षेत्रको सिद्धेश्वर जलदेवी मन्दिर रहेका छन् ।

IMG_8916_11zon-min.jpg
undefined

त्यसैगरी नवलपुर जिल्ला अन्तर्गत दुम्कीबास क्षेत्रको कालिका मन्दिर, सर्दिको शिवालय मन्दिर, अरुणखोलाको गणेश मन्दिर र शिव मन्दिर, अमरापुरी क्षेत्रको शमशान घाट, हर्कपुर क्षेत्रको दुर्गा मन्दिर, मुकुन्दपुर क्षेत्रको बसुन्धरा मन्दिर, देवचुली क्षेत्रको घुमाउने सामुदायिक वनको पार्क र विहार, दलदले क्षेत्रको गणेश मन्दिर, रजहर क्षेत्रको शिवालय मन्दिर, चोरमारा क्षेत्रको दुर्गा मन्दिर, गोछाडा क्षेत्रको कुमारवर्ती स्वास्थ्य चौकी, गैंडाकोट पुल्चोक क्षेत्रको एसियन राजमार्ग, शिलान्यास पार्क र शिलान्यास चोक, गैंडाकोट क्षेत्रकै रानीताल चण्डीका मन्दिर र कावासोती, विष्णुनगर क्षेत्रको राम मन्दिर रहेका छन्। 

स्थापना दिवसको दिन असार १५मा राष्ट्रिय धान दिवसमा पञ्चवटि सेवाकेन्द्र क्षेत्रका कृषकका १० कठ्ठा धानखेतमा सामुहिक धान रोपाईं कार्यक्रम सम्पन्न गरिएको छ। 

IMG_0949-min_11zon.jpg
undefined

साथै ५१ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो। प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारी तथा विशिष्ठ अतिथि उपमेयर शान्ति कोईरालाद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयरले किसान साकोस ढुक्क संग कारोबार गर्ने र गैंडाकोटलाई सहकारीमा चिनाउने संस्था रहेको प्रशंसा गर्नु भयो।

उपमेयरले सहकारी संस्थाले महिलालाई आत्म निर्भर र महिलाको नेतृत्व क्षमता वृद्धिमा थप काम गर्नु पर्ने जनाउनु भयो। किसानले २५००० भन्दा बढी महिलाहरुलाई संस्थाले गोलबद्धगरेकोमा खुसी व्यक्त गर्नुभयो।

daldale0sarsafai2082.jpg
undefined

विभिन्न २५ वटा संस्था जोडिएर किसान साकोस बनेको हुनाले सबै संस्थाको स्थापनाकाल देखि एकीकरण पूर्वका सम्पूर्ण नेतृत्वहरुसँग साक्षात्कार गर्दै मार्गदर्शन प्राप्त गरेको छ । सदस्य सेवा नै हाम्रो मुख्य उद्देश्य हो” संस्थाका अध्यक्ष भोजराज पौडेलले भन्नुभयो । संस्थाले संस्था स्थापनाकालदेखि हालसम्मको अवस्था र परिवेशका साथै अनुभव आदान-प्रदानबाट संस्थाको साझा स्वामित्व सदस्यतहमा अनुभुति गराउने प्रयास गरेको हो । संस्था ठुलो हुँदै गर्दा सदस्य र नेतृत्वका बिचमा सामिप्यता कमजोर हुन नदिन निरन्तर नेतृत्व विकासका साथै पूर्व नेतृत्वकर्ताको अनुभव ग्रहण गर्दै अगाडि बढ्नेमा संस्थाले जोड दिएको छ । 

513960010_2745029919027425_2234882750626579611_n.jpg
undefined

किसान साकोसले आफनो गौरवमय ३० वर्ष सफलतापूर्वक पुरा गरि ३१औं वर्ष प्रवेश गर्न गईरहेको यस गौरवमय ईतिहास सहितको दर्विलो वर्तमान र उज्जवल भविष्यका लागि “समृद्ध सदस्य, दिगो साकोस“ भन्ने परिकल्पना सहित ४अर्बको कुल सम्पत्ति, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको संस्थाले सहकारी क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको छ ।

sambnp00Sarsafaia2082.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार