काठमाडौं । बजारमा नोट आपूर्तिका लागि नेपाल राष्ट्र बैङ्कले पाँच सय दरका २३ करोड थान नयाँ नोट प्रचलनमा ल्याउन प्रक्रिया सुरु गरेको छ । राष्ट्र बैङ्कले आइतबार एक सूचना जारी गर्दै उक्त दरका नोट प्रचलनमा ल्याउन लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैङ्कले नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट गोप्य सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरूका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको हो । नोट छाप्न पूर्वसर्त पूरा गरे अनुरूप छ वटा विदेशी कम्पनीलाई छनोट गरिसकेको राष्ट्र बैङ्कले जनाएको छ ।
छनोटमा परेका विदेशी कम्पनीमा चीनको चाइना बैङ्कनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, युकेको डेला रुई इन्टरनेसनल लिमिटेड, जर्मनीको गिएसेकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वर्कस छन् । पूर्वसर्त पूरा गरेका छ वटा कम्पनीले बैङ्क नोट छाप्न राष्ट्र बैङ्कमा बोलपत्र पेस गर्न सक्ने आइतबार जारी सूचनामा उल्लेख छ । यिनैमध्ये कम लागतमा बैङ्क नोट छाप्ने प्रस्ताव पेस गर्ने कम्पनीलाई राष्ट्र बैङ्कले नोट छाप्ने ठेक्का दिने जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com