Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ७८.८४ प्रतिशत भूभागमा मात्र धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। 

त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। 

कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

गत वर्ष साउन १३ गतेसम्म ९२।६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो। यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार