Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

आज नाग पञ्चमी पर्व मनाईंदै

आज नाग पञ्चमी पर्व मनाईंदै

काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक नाग पञ्चमी पर्व मनाउँदैछन्। यो दिन घरको मूल ढोकामा नागको चित्र टाँसी दूध, अक्षता, आदि चढाएर पूजाआजा गर्ने परम्परा छ।

नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। हिन्दू धर्ममा नागलाई धन, पानी र रक्षासँग जोडिएको देवता मानिन्छ। विशेष गरी वर्षा ऋतुमा नागहरूको कृपाका लागि यो पर्व मनाउने गरिन्छ।

मानिसहरू नागको मूर्तिमा दूध चढाउने, नाग कथा वाचन गर्ने र नाग देवतालाई प्रसन्न पार्ने विभिन्न विधि अपनाउने गर्दछन्। आजको दिन नागलाई प्रसन्न पार्दा घरमा चोरीभय, शत्रुभय, चट्याङको भय र सर्पदंशबाट बच्न सकिने, घरमा सुख–शान्ति रहने र ऋणमोचन हुने विश्वास गरिन्छ

यसमा दीप, कलश, गणेशको  पूजा गरी नागको चित्रपटमा टाँसिन्छ । दही, दुबो, कुश, चन्दन आदिले पूजा गर्दा सर्पभयबाट मुक्ति हुन्छ ।  नागको शिर भागमा सोझै पूजा गर्नुहुँदैन, किनकि आँखामा पर्दा नाग रिसाउँछन् ।

नागको शिर भाद्र, आश्विन, कार्तिकमा पूर्वमा हुन्छ । मङ्सिर, पौष, माघमा दक्षिणमा हुन्छ । फागुन, चैत्र, वैशाखमा पश्चिममा हुन्छ । जेठ, असार, श्रावणमा नागको शिर उत्तर दिशामा हुन्छ । अतः नागपञ्चमीका दिन नागलाई पूजा गर्दा पश्चिमबाट पूर्वतिर फर्केर उत्तरमा रहेका नागलाई पूजा गरिन्छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार