Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

रसुवागढी नाका दसैँअघि नै सञ्चालनमा आउने

रसुवागढी नाका दसैँअघि नै सञ्चालनमा आउने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्ने गरी ल्हेन्देखोलामा बेली ब्रिज जडान सुरु भएको बताउनुभएको छ ।

त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसीँ-रसुवागढी सडक योजना’को अवलोकनपछि मन्त्री दाहालले मंगलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी गराउनुभएको हो । 

 गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल-चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो ।

“गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ”, मन्त्री दाहालले भने, “रसुवातर्फ स्याफ्रुबेसी(रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।”

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार