Nov 19 2026 | २०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

Follow us

अब उप्रान्त सवारी चालक अनुमतिपत्र को अवधि १० वर्ष

अब उप्रान्त सवारी चालक अनुमतिपत्र को अवधि १० वर्ष

काठमाडौँ । अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्षको हुने भएको छ ।  ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्दै लाइसेन्सको अवधि पाँच वर्षबाट दोब्बर बनाइएको हो ।

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै यो व्यवस्था कानुनी रूपमा लागु भएको छ । यसले सवारी चालकहरूलाई हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट राहत दिनेछ ।

यो संशोधनसँगै अब नयाँ जारी हुने र नवीकरण हुने सबै प्रकारका सवारी चालक अनुमतिपत्रको अवधि १० वर्षको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार