Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जलको भण्डार नै चुरे भएकोले यसको संरक्षणमा जोड दिन पूर्व राष्ट्रपति यादवको आग्रह

जलको भण्डार नै चुरे भएकोले यसको संरक्षणमा जोड दिन पूर्व राष्ट्रपति यादवको आग्रह

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफ्नो जीवनकालमै चारकोसे झाडी, चुरे क्षेत्र आदि मासिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । यसले गर्दा अहिले तराईमा खानेपानीको समस्या भएको उहाँको भनाइ थियो । जलको भण्डार नै चुरे भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति यादवले चुरेको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

शनिबार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल सुन्दर मुलुक भएको बताउँदै यहाँ स्वीट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरु लुकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो नेपाल सुन्दर मुलुक छ। धेरै स्वीट्जरल्याण्ड हाम्रो देशमा छन्। तर यो देशको संरक्षण छैन। चारकोसे झाडी खत्तम मेरै जीवनमा भयो। जंगल बेचेर पञ्चहरुले पहिला पैसा कमाउँथे। रातारात चुरे दोहन भइरहेको छ। तराईका आठ जिल्लामा पिउने पानीको हाहाकार छ। पूर्वी तराईमा पानी पर्दैन। जंगल छैन। चुरे पहाड खनेर लगेको छ। चुरे खनेर लगिदिएपछि प्लान्ट कहाँ लगाउनेरु जलको भण्डार भनेकै चुरे हो। नैतिक आचरण हामीले निभाउनु पर्छ। यो समाजलाई कसरी बनाउने, देशलाई कसरी बनाउने भनेर सोच्नुपर्छ।’

संरक्षण अभावमा नेपालका स्वीट्जरल्याण्डजस्ता हजारौँ क्षेत्रहरु ओझेलमा परेको भन्दै मुलुकको सुन्दरतालाई बचाइराख्न जरुरी रहेको धारणा पूर्व राष्ट्रपति यादवले राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार