Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
२३ औं स्थापना तथा कारोबार शुभारम्भ दिवस

राष्ट्रिय सहकारी बैंक: चुनौतीहरु अझैं बाँकी छन् , तर भविष्य सकारात्मक छ

राष्ट्रिय सहकारी बैंक: चुनौतीहरु अझैं बाँकी छन् , तर भविष्य सकारात्मक छ

काठमाडौं । सरकारको समेत शेयर लगानी रहेको नेपालको सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकले आफ्ना केही चुनौतीहरु अझैं बाँकी रहेपनि भविष्य भने सकारात्मक रहेको विश्वास व्यक्त गरेको छ । आज २३ औं स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसरमा प्रतिबद्धता जारी गर्दै बैंकले चुनौतीहरु चिर्दै अब बिस्तारै दिगो, सक्षम र स्थायित्व हासिल गर्ने दिशातर्फ रुपान्तरित भैरहेको जनाएको छ । बैंकले निकट भविष्यमा नै प्रतिफल प्रदान गर्ने वातावरण सृजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

बैंकले भनेको छ, 'विगतका अवधिमा सहकारी अभ्यासमा देखिएका सैद्धान्तिक विचलन, नियामकीय कमजोरी र कोभिड १९ पछि को राष्ट्रियरअन्तराष्ट्रिय वित्तीय चुनौतीहरूका बिच पनि बैंकले सदस्य केन्द्रित सेवा, विवेकपूर्ण निर्णय २ असल अभ्यासका माध्यमबाट संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको छ । केही चुनौतीहरू अझै बाँकी भएतापनि बैंकको अवस्था अब दिगो सक्षम र स्थायित्वतर्फ रूपान्तरण भइरहेकोले बैंकको भविष्य सकारात्मक रहेको सबैमा विश्वास दिलाउन चाहन्छौं ।'

'शेयर सदस्य सहकारी संघरसंस्थाहरूको बैंकमा भएको लगानीप्रति उच्च सम्मान प्रकट गर्दै हामी निकट भविष्यमा नै प्रतिफल प्रदान गर्ने वातावरण सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । दीर्घकालीन दृष्टिकोणलाई आत्मसाथ गरेर अब बैंक सहकारीका मूल सिद्धान्तहरू कार्यान्वयन गर्दै सदस्य केन्द्रित सेवा प्रणालीलाई संस्थागत गर्ने दिशामा अग्रसर भएको छ र यो कार्य आगामी दिनहरुमा अभ द्रुत गतिमा बढाउने छौं । विगतका अनुभवलाई आधार बनाई सहकारी मूल्य र नैतिकताको पालना गर्दै दिगो सहकारी प्रणाली निर्माणमा निरन्तर प्रतिबद्ध रहने अठोट व्यक्त गर्दछौं, 'बैंकको प्रतिबद्धतामा उल्लेख छ ।

बैंकले प्रविधि विस्तार, उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार, वातावरणीय उत्तरदायित्व र सहकारी अभियानको सुदृढीकरणमा निरन्तर क्रियाशील रहँदै पारदर्शी र व्यावसायिक सेवा प्रवाहमार्फत आफ्नो भूमिका थप प्रभावकारी बनाउने दृढ संकल्प रहेको जनाएको छ ।

526942605_10232721128184896_7413052455465309755_n.jpg
undefined


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार