Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us
शिक्षा

कक्षा १२ को परीक्षामा महेश संस्कृत गुरुकुल देवघाटका विद्यार्थीको उत्कृष्ट नतिजा

कक्षा १२ को परीक्षामा महेश संस्कृत गुरुकुल देवघाटका विद्यार्थीको उत्कृष्ट नतिजा

काठमाडौं । २०८२ सालको कक्षा १२ को माध्यमिक शिक्षा परीक्षा एसईई मा महेश संस्कृत गुरुकुल देवघाट सर्वोत्कृष्ट भएको छ । हरेक जसो राष्ट्रिय परीक्षाहरूमा सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको महेश संस्कृत गुरुकुलले यस वर्षको कक्षा १२ को परीक्षामा पनि उत्कृष्ट परिणामसहित संस्कृततर्फ नेपाल प्रथम भएको छ ।  सबैभन्दा बढी ३.९१ जीपीएसहित आयुष रिमाल र आयुष आचार्य सर्वोत्कृष्ट हुनुभएको छ ।

महेश संस्कृत गुरुकुलबाट सहभागी १९ परिक्षार्थीहरूमध्ये १० जनाको ३.६० जीपीए माथी र बाँकीको ३.४३ जीपीए माथि सहित शत प्रतिशत उत्तिर्ण नतिजा आएको हो । गत माध्यमिक परीक्षामा पनि शतप्रतिशत ३.६० जीपीए भन्दा धेरै नतिजा सहित छात्रहरू समुत्तीर्ण भएका थिए ।  गुरुकुलका छात्रहरू कक्षा १० को एसईई परीक्षामा पनि सतप्रतिशत अतिविशिष्ट श्रेणीमा समुत्तीर्ण भएका थिए।

528050216_775089461693262_273775452190097846_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार