काठमाडौं । भगवान श्री कृष्णलाई अर्पण गरिएको ५६ भोगको पछाडि धेरै रोचक कथाहरू छन् । हिन्दु मान्यताअनुसार भगवान कृष्णले दिनमा आठ पटक खाना खानुहुन्छ । इन्द्रको क्रोधबाट सबै प्रजालाई बचाउनका लागि भगवान् श्री कृष्णले गोवर्द्धन पर्वत उठाएपछि भगवानले लगातार सात दिनसम्म भोजन र पानी लिन पाउनुभएको थिएन । त्यसैले, ७ दिन ८ पटकको दरमा ५६ भोग चढाउने चलन छ । त्यसयता गोवर्द्धन पूजाको दिन कृष्णलाई ५६ वटा भोग अर्पण गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले हिन्दु धर्ममा गोवर्द्धन पूजाको विशेष महत्व रहेको र यस दिन ५६ वटा भोग अर्पण गर्नु फलदायी मानिन्छ ।
५६ भोग यस प्रकार रहेका छन्:
१.भक्त (भात),२. सुप (दाल), ३. प्रलेह (चटनी), ४.सदिका (कढी), ५.दधिशाकजा (दही र साग मिश्रित कढी), ६.सिखरिणी (सिखरन), ७.अवलेह (शरबत), ८.बालका (बाटी), ९.इक्षु खेरिणी (मुरब्बा), १०.त्रिकोण (शख्खरयुक्त), ११.बटक (बाडा), १२.मधु शीर्षक (मधुपर्क), १३.फेणिका (फिज र तर), १४.परिष्टश्च (पुरी), १५.शतपत्र (खजला), १६.सधिद्रक (घेवर), १७.चक्राम (मालपुआ), १८.चिल्डिका (चोला), १९.सुधाकुण्डलिका (जलेबी), २०.घृतपूर (मेसू), २१.वायुपूर (रसवरी), २२.चन्द्रकला (पगी हुई), २३.दधिशर्करा (महारायता), २४.स्थूली (थूली), २५.कर्पूरनाडी (ल्वांङपुरी), २६.खण्डमण्डल (खुरमा), २७.गोधुम (दलिया), २८.परिखा, २९.सुफलाढया (सौंफयुक्त), ३०.दधिरुप (बिलसारु), ३१.मोदक (लड्डु), ३२.शाक (साग), ३३.सौधान (अधानौ अचार), ३४.मण्डका (मोठ), ३५.पायस (खीर), ३६.दधि (दही), ३७.गोघृत (गाईको घयु), ३८.हैयन्गपीनम (मख्खन), ३९.मण्डूरी (मलाई), ४०.कूपिका (राबडी), ४१.पर्पट (पापड), ४२.शक्तिका (सीरा),४३.लसिका (लस्सी), ४४.सुवत, ४५.संघाय (लालमोहन), ४६.सुफला (सुपारी), ४७.सिता (इलाइची), ४८.फल, ४९.ताम्बुल (पान), ५०.मोहनभोग, ५१.लवण (नुन), ५२.कषाय (टर्रो पदार्थ), ५३.मधुर (गुलियो), ५४.तिक्त (तीतो पदार्थ), ५५.कटु (अधिक अमिलो), ५६.अम्ल (गुलियोमिश्रित अमिलो पदार्थ)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com