काठमाडौं। भक्तपुरको विभिन्न भित्री सडकमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको सवारी साधन सञ्चालनसम्बन्धी सरोकारवालाहरूको बैठकले केही भित्री सडकलाई एकतर्फी बनाउने निर्णय गरेको हो।
नगरको भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएकोले ‘वान वे’ गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले जानकारी गराउनुभयो । भक्तपुर नगरपालिका-३ वाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्म एकतर्फी सवारी साधन सञ्चालन गर्न लागिएको हो।
बैठकमा नगर प्रमुख प्रजापतिले यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक देखिएका सडकहरूमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने तयारी गरिरहेको बताए। उपप्रमुख रजनी जोशीले भक्तपुर सांस्कृतिक र ऐतिहासिक हिसाबले महत्त्वपूर्ण सहर भएकोले पनि व्यस्त सडकहरूमा एकतर्फी गर्दै जानुपर्ने आवश्यकता उहाँले बताउनुभयो ।
बैठकले भक्तपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय, नगर प्रहरी, वडा निरीक्षक र श्यानिटेशन शाखाका प्रतिनिधि सम्मिलित सात सदस्यीय अध्ययन टोली गठन गरी १५ दिनभित्र अध्ययन गरी रिपोर्ट तयार गरी प्रस्तुत गर्ने निर्णय गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com