Nov 19 2026 | २०८३, मंसिर ३ गते

Nov 19 2026 | २०८३, मंसिर ३ गते

Follow us

प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव सम्पन्न

प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव सम्पन्न

नुवाकोट ।  पर्यटन तथा खेल पर्यटनको मूल उद्देश्यसहित नुवाकोटको पिपल टारमा विविध कार्यक्रम गरी प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा गीत, सङ्गति, नृत्य, हास्य प्रहसन, खेलकुदका विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएका थिए ।

पिपल टार फुटबल क्लबको आयोजनामा सञ्चालन भएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरणका साथै खेल मनोरञ्जनसमेत सञ्चालन गरिएको थियो ।

विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय स्तरका ४ दर्जन बढी कलाकारहरूले आ आफ्नो प्रस्तुति दिएका थिए । महोत्सवमा गायक नवराज घोरासैनी, कमल खत्री, एलिना चौहान, समीक्षा अधिकारी, ज्योति मगर, राजा राजेन्द्र पोखरेल, सागर यश वाइबालगायत ५० जना भन्दा बढी कलाकारहरूले आआफ्नो प्रस्तुति दिएका थिए । महोत्सव स्थल विदुर नपा ५ स्थित पिलटारमा विभिन्न सामग्रीको स्टलहरूमा ग्राहकहरूले आआफ्नो रुचिअनुसारका सामग्रीहरू खरिद गरेका थिए । 

महोत्सवमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा मद्दत पुग्नुका साथै खेल र खेलाडीहरूको पहिचान फराकिलो भएको आयोजकले दाबी गरेको छ । नुवाकोटको पर्यटन प्रवर्द्धनमा महोत्सवले सकारात्मक भूमिका खेलेको बताइएको छ ।

नुवाकोटमा प्राकृतिक सम्पदा तथा जलविहारमार्फत पर्यटन प्रवर्द्धन गर्न सके नुवाकोटको मुहार फेरिने स्थानी अगुवाहरुको धारणा रहेको छ ।

खेलकुद र स्थानीय संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न महोत्सव सफल प्रभावकारी भएको विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले बताउनुभयो।

२०८१ फागुन ७ गतेसम्म सञ्चालित पर्यटन तथा खेलकुद महोत्सवमा  २ सय ५० भन्दा बढी स्टल राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार