Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी क्षेत्रमा नौलो र पहिलो प्रयोग, अब किसान साकोसको एपमा डिजिटल व्यवसाय प्रवर्द्धन सेवा

सहकारी क्षेत्रमा नौलो र पहिलो प्रयोग, अब किसान साकोसको एपमा डिजिटल व्यवसाय प्रवर्द्धन सेवा

काठमाडौं । नवलपरासीको गैंडाकोट नगरपालिका-८ विजयनगर केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई मोबाइल एपबाट व्यवसाय प्रवर्द्धन सेवा अर्थात्  Business Development Service (BDS) उपलब्ध गराउने भएको छ । सदस्यहरुको सहजता र समयको माग सम्बोधन गर्दै प्रविधिको सहायताले किसान साकोसले मोबाइल एपमार्फत आफ्ना सदस्यहरूको उत्पादन, सीप र सपना बजारमा पुर्‍याउने बाटो खोलेको हो ।

संस्थाले शुरु गरेको डिजिटल बीडीएस (व्यवसाय विकास सेवा) प्रविधिको प्रयोगमार्फत सहकारीका सदस्यहरूको सीप अभिवृद्धि, उत्पादनको बजार व्यवस्थापन र उद्यमशीलताको प्रवर्द्धन गर्ने प्रयास हो। नेपालमा केही संस्थाहरूले बीडीएस अवधारणा कार्यान्वयनमा ल्याएपनि मोबाइल एपमार्फत डिजिटल स्वरूपमा प्रस्तुत गर्ने पहिलो प्रयास किसान साकोसले गरेको दाबी गरिएको छ ।

यो सेवामार्फत अब किसान साकोसका सदस्यहरूले अचार, कपडा, दही, घ्यू वा हस्तकलाको सामान आदि आफ्नो जस्तोसुकै उत्पादन  सोझै मोबाइल एपमा दर्ता गर्न सक्नेछन्। ‘लोकल प्रडक्ट’ नामको खण्डमा गएर, सदस्यले आफ्नो उत्पादनको नाम, तस्बिर, मूल्य र सम्पर्क विवरण राख्न सक्छन्। अन्य सदस्य वा ग्राहकले यिनै उत्पादनहरू हेरेर, उत्पादकसँग सिधा सम्पर्क गर्न सक्छन्। सदस्यहरुको उत्पादन किसान साकोसको बेवसाइट KISAN.ORG.NP मा पनि हेर्न सकिने छ।

किसान साकोसले यो सेवा केवल वस्तु बेच्ने माध्यम मात्र नभइ आत्मनिर्भरता र आर्थिक सबलीकरणको प्लेटफर्म भएको जनाएको छ । विशेष गरी आफ्ना उत्पादन घरभित्र बनाउने तर बैजारमा लैजान नसकिरहेका किसान साकोसका २५००० महिला सदस्यहरू र उनीहरुका परिवारका लागि यो सेवा उज्यालो बाटो बन्‍ने संस्थाले जनाएको छ । बजार जान नपुग्नेले अब बजार आफ्नै मोबाइलमा बोलाउन सक्नेछन्।

किसान साकोसको एपमार्फत मोबाइल बैंकिङ, बैंकबाट रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्सफर, वालेट लोड, मिसकल बैंकीङ्ग, ईन्टरनेट, टिभि, टेलिफोन, विजुली, पानी, युटिलिटि बिल भुक्तानी, क्युआरमार्फत कारोबार, बीमा जानकारी, रेमिट्यान्स सुविधा, बस बुकिङ्ग, फलाईट बुकिङ्ग तथा अन्य डिजिटल सेवा पनि उपलब्ध हुँदै आएको छ । एपले कारोबार भएपछि विवरण र रकम पढेर आवाजमा जानकारी दिने गरेको छ जसले गर्दा कारोबार गर्दा सहजता थपिएको साकोसले जनाएको छ।  

सदस्यहरुले किसान साकोसको अनलाइन बैंकिङ् सेवा पनि सहजै जोड्न र चलाउन सक्नेछन् । SMART.KISAN.ORG.NP  बाट सदस्यलाई सहकारीको पहुँच हातमै पुर्‍याउने उद्देश्यले डिजाइन गरिएको यो एप विकासमा सफ्टवेयर कम्पनी मो-फिन र सिनर्जीटेकले सहजिकरण गरेको छ ।

संस्थाका अध्यक्ष भोजराज पौडेलले यो डिजिटल BDS लाई केवल प्रविधिको प्रयोग नभई, एक नवयुगको सुरुवात भएको दाबी गर्नुभएको छ । 'हामीहरुको विश्वास छ की – सहकारी केवल पैसाको कारोबार गर्ने संस्था होइन, समुदायको सपना बोकेर हिँड्ने साझा यात्रा हो, ' पौडेलले भन्नुभयो, 'डिजिटल BDS पनि त्यही यात्राको अर्को चरण हो, जहाँ सदस्यले आफ्ना सीप र उत्पादनलाई संसार सामु पुर्‍याउने मौका पाउनेछन्। किसान साकोसका हरेक सदस्यले ई-पासबुक एप निस्शुल्क दर्ता गरि चलाउन सक्ने हुँदा डिजिटल BDS मा सहजै जोडिन सक्नुहुनेछ । यो एप चलाउन सजिलो रहे पनि संस्थाले प्रविधि प्रयोग सम्बन्धी प्रविधि शिक्षा कार्यक्रमहरु नियमित गराउने छ। प्रविधिको नविन प्रयोगहरु अपनाउन सामाजिक सञ्जालमा किसान साकोसको BDS विषयक पडकाष्ट पनि उपलब्ध रहेको छ।'

नेपालको सहकारी क्षेत्र अहिले विश्वास संकटको चपेटामा परेको बेला, किसान साकोसले पारदर्शिता, नवप्रवर्तन र सदस्य–केन्द्रित सेवामा ध्यान केन्द्रित गर्दै उदाहरणीय काम गरिरहेको जनाएको छ । कतिपय सहकारीहरूले सदस्यको रकम फिर्ता गर्न नसक्दा आलोचित भइरहेका छन्, तर किसान साकोसले आफ्नो सदस्यलाई थप सेवा र प्रवर्द्धन दिन निरन्तर कोसिस गरिरहेको दाबी गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयराज तिमिल्सिनाले भविष्यमा यो सेवा अझ विस्तार हुँदै जाने बताउनुभयो । 'स्थानिय तह, संघसंस्था, प्रदेश सरकार र साझेदारहरूसँग सहकार्य गर्दै, किसान साकोसले यो प्लेटफर्मबाट आफ्ना सदस्यहरुको शिप, कला, उत्पादनलाई व्यावसायिकीकरण गरि समृद्ध सदस्य, दिगो सहकारीको अवधारणा साकार गर्ने छ,' प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनाले भन्नुभयो, 'सदस्यहरुलाई उद्यमशिलता तर्फ लैजाने र स्थानिय उत्पादन र खपतलाई दिगो बनाई राष्ट्रिय स्तरमा बजारको पहुँच लैजाने एवं किसान साकोसका हरेक सेवाकेन्द्रहरु व्यवसाय प्रवर्द्धन गर्ने युनिटका रुपमा लैजाने योजना छ ।'

किसान साकोसको BDS सेवा केवल उत्पादनको व्यापार मात्र होइन, गाउँघरका सदस्यहरूको आत्मबल बढाउने माध्यम पनि भएको भन्दै उत्पादन बनाउने हातमा प्रविधि दिने, विश्वास दिने र सम्मान दिने सपना साकोसले लिएको छ । 

नयाँ पुस्ता अब सहकारीसँग जोडिन खोज्छ, तर केवल बचत र ऋणका लागि होइन। उनीहरूलाई चाहिन्छ – स्मार्ट सेवा, डिजिटल पहुँच र उद्यमशील अवसर। किसान साकोसले यो चाहानालाई बुझेर, पहिलो पटक डिजिटल सहकारी सेवा ल्याएर उदाहरण पेश गरेको किसान साकोसका समिति सदस्य एवं सूचना प्रविधि उपसमिति संयोजक नर बहादुर थापा (नरेश) ले बताउनु भयो।

यस प्रयासले सहकारी आन्दोलनमा योगदान गर्न मद्दत पुर्‍याउनेछ। यसले ‘सहकारी क्षेत्रले भोगी रहेको नकारात्मकतालाई सकारात्मक तिर’ बदल्नेछ। सहकारी, सरकार, निजी क्षेत्र र समुदाय सबैले मिलेर, सदस्यको घरदेखि बजारसम्मको यात्रा सजिलो बनाउने दिशामा अघि बढ्नेछन्। आजको डिजिटल द्यम्क्, भोलिको डिजिटल नेपालको एक खुड्किलो बन्नेछ। यो पहिलो प्रयासले देखाएको छ की सहकारी पनि स्मार्ट हुन सक्छ, डिजिटल हुन सक्छ र स्थानीय उत्पादनलाई वैश्विक बनाउने सपना देख्न सक्छ।

किसान साकोसको स्थापना ३१ वर्षअघि, २५ जना सदस्यहरू मिलेर गरेको यात्रा आज लाखौँको साझा अभियान बनेको छ। त्यसबेलाका गाउँघरका किसान, साना व्यवसायी र गृहिणीहरूले सुरु गरेको यो संस्था अहिले देशकै उदाहरणीय सहकारीमध्ये एक बनिसकेको छ। समयसँगै सँगै अघि बढ्दै, यो संस्थाले २५ वटा सहकारीलाई समेट्दै सेवा दिएको छ। अहिले किसान साकोसमा करिब १लाख सदस्य छन्, जसको ४अर्वको पूँजी र सेवा सञ्जालले यो सहकारीलाई विशिष्ट बनाएको छ। किसान साकोसले एसिया प्रशान्त क्षेत्रको गुणस्तर प्रमाणीकरण संस्था एक्सेस ब्राण्डबाट पाँच पटकसम्म प्रमाणिकरण प्राप्त गरिसकेको छ।

BDSFinalBanner.webp
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार