Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राससको महाप्रबन्धकमा पत्रकार सन्दीप राई

राससको महाप्रबन्धकमा पत्रकार सन्दीप राई

काठमाडौं । राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई महाप्रबन्धक नियुक्त गरेको हो । राईले पत्रिका, रेडियो र अनलाइनमा काम गरिसक्नुभएको छ । 

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुल्नुभएको छ ।

sandip-rai_Xd1kizuO7W.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार