Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सागर डिष्टिलरीको आईपीओ आजबाट बिक्री खुला

सागर डिष्टिलरीको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं। सागर डिष्टिलरी लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।  

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार