Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कारागार व्यवस्थापन विभागको महानिर्देशकमा लिला प्रसाद शर्मा

कारागार व्यवस्थापन विभागको महानिर्देशकमा लिला प्रसाद शर्मा

काठमाडौं । कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव लिला प्रसाद शर्मालाई दिइएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रालयका सहसचिव शर्मालाई विभागको जिम्मेवारी प्रदान गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन महानिर्देशक एवं सहसचिव नारायण प्रसाद भट्टराईको सरुवा गरेपछि रिक्त विभागको महानिर्देशकमा शर्मालाई पठाइएको हो।

सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यसम्पादन गरिसकेका शर्मा केही समयअघि मात्रै प्रमुख जिल्ला अधिकारीबाट सरुवा भई गृह मन्त्रालय आउनुभएको थियो । 

हालै कैलाली कारागारमा देखिएका विवाद तथा समस्याका साथै देशभरका कारागारको सुधार आवश्यकताका बीच शर्माबाट त्यस दिशामा सक्रिय भूमिकाको अपेक्षा गृह मन्त्रालयले गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार