Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कागेश्वरी मनोहरा नगरपालिका सहकारी शाखा प्रमुख ज्ञवाली सम्मानित

कागेश्वरी मनोहरा नगरपालिका सहकारी शाखा प्रमुख ज्ञवाली सम्मानित

काठमाडौं, भदौ ३ । कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत सहकारी तथा उद्यम विकास शाखा प्रमुख विश्वास ज्ञवाली सम्मानित हुनुभएको छ । राष्ट्रिय सहकारी बैंक लि. जोरपाटी शाखाले उहाँलाई सम्मानित गरेको हो । बैंकले गत आर्थिक वर्षमा सबलीकरण कार्यक्रम अन्तर्गत नगरपालिका र बैंकबीचको साझेदारी कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शाखा प्रमुख ज्ञवालीलाई कदर पत्र साथ सम्मान सम्मान गरेको जनाएको छ ।  

बैंकको जोरपाटी शाखाले सञ्चालन गरेको दुई दिवसीय कर्जा लगानी,असुली प्रकृया तथा कानुनी कागजात व्यवस्थापन तालिम कार्यक्रमको समापनको दिन हिजो बैक संचालक ध्रुर्व राज बिष्ठले बैकका कर्जा जोखिम प्रमुख प्रमोद कुमार घिमिरे, तालिम अधिकृत राज कुमार बराल लगायतको उपस्थितिमा उक्त सम्मान प्रदान गर्नुभएको थियो ।  

बैंकका जोरपाटी शाखा प्रमुख आर्दश धमलाका अनुसार कागेश्वरी मनोहरा नगरपालिकासँगको सम्झौतामा अघिल्लो आर्थिक वर्ष सम्पन्न कार्यक्रमहरु अत्यन्त फलदायी भएको थियो । उहाँले उक्त सहकार्यले नगरभित्रका सहकारीहरुको अवस्था विश्लेषण, सक्षमता अभिवृद्धिसँगै सहकारी सञ्चालनका विविध आयाममा सचेतना जागृत गराउने काम गरेको दाबी गर्नुभयो । 

बैंकले सञ्चालन गरेको दुई दिवसीय तालिममा सहकारी संस्थाको कर्जा लगानी, असुली तथा कानुनी कागजातलाई समय सापेक्ष परिमार्जित र सुधार गरी सबल र दिगो लगानी गर्न सक्षम बनाउने विषयमा शाखा अन्तर्गत २९ वटा सहकारी संस्थाका संचालक तथा व्यवस्थापन प्रमुख गरी ४३ जनालाई सैद्धान्तिक र व्यावहारिक सिकाइ प्रदान गरिएको थियो । 

535984611_24038861579117824_7841128459408617379_n.jpg
सम्मान ग्रहण गर्दै विश्वास ज्ञवाली
536180290_24038864409117541_7743180831230803147_n.jpg
सम्मान पत्रसाथ विश्वास ज्ञवाली

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार