पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब कास्की र कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेपलाञ्चोक बीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेपलाञ्चोकको पाँचौँ स्थापना दिवसको अवसरमा कास्कीको धम्पुसमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक क्लबका अध्यक्ष गोपाल दाहालले विद्यमान अवस्थाबाट सहकारी अभियानलाई बचाउन सहकारी संस्थाका व्यवस्थापन प्रमुखको अहम् भूमिका रहेको बताउँदै विभिन्न जिल्लाका सहकारीका असल अभ्यास र सिकाइ आदानप्रदान गरी सहकारीको व्यवस्थापन पक्षको क्षमता बृद्धि नै कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको उद्देश्य रहेको बताउनुभयो ।
आर्थिक अपचलन गर्ने गिरोहले सहकारी क्षेत्रलाई वर्तमान अवस्थामा धमिल्याउन कोशिस गरेपनि समुदायसँग, समुदायकै सेवामा समुदायकै निम्न वर्गसँग जोडिएर नियामक निकायका ऐन, कानुन र निर्देशन अनुसार सञ्चालन भएका सहकारीलाई कसैले बद्नाम बनाउन नसक्ने जिकीर गर्दै अध्यक्ष दाहालले लोभ र लालच नभएका सञ्चालक र व्यवस्थापनले सहकारीको मर्म सदस्यलाई बुझाएर अगाडि बढे सहकारी अभियान थप सशक्त भएर जाने उल्लेख गर्नुभयो ।
शुभकामना मन्तव्य राख्दै कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका संस्थापक अध्यक्ष मिलन ढकालले विद्यमान अवस्थाले सहकारीप्रतिको विश्वासमा संकट आएको बताउँदै विभिन्न गिरोह, संगठन र राज्यका निकायले पनि सहकारीका समस्यालाई तत्काल समाधान भन्दा पनि समस्यालाई ठूलो बनाएर आतंकित पार्ने प्रयास गरेको हो कि भन्ने शंका उब्जाएको र सदस्यको सहकारीप्रतिको धारणा अस्थिर बनाउन चलखेल गरेको आरोप लगाउनुभयो ।
म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीले विश्वमा आएको आर्थिक मन्दीको प्रभावले सबै क्षेत्रमा नकरात्मक असर पारेको अवस्थामा सहकारीका प्रमुखहरुको आत्मबल बढाएर सहकारी अभियानलाई अगाडि बढाउन अहम् भूमिका खेल्दै कास्कीका म्यानेजरहरुको क्षमता बृद्धिमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक म्यानेजर्स क्लबका निवर्तमान अध्यक्ष मदन बस्नेतलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । दुवै संस्थाका कार्यसमिति र पूर्व अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रम कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षता भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव शंकर प्रसाद पौडेलले गर्नुभएको थियो ।
(पोखराबाट श्रीराम सुबेदीद्वारा सम्प्रेषित समाचार)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com