Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
कृषि

धनुषाको गोदारमा अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा सेवाकेन्द्रको निर्माण

धनुषाको गोदारमा अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा सेवाकेन्द्रको निर्माण

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको  गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधवार उदघाटन गर्नु भएको  छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना  (REED) ले  निर्माण गरेको  उक्त भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा मन्त्री अधिकारीले  किसानले आफ्नै घरमा सेवा पाउने गरि सरकारले काम गरिरहेको बताउनुभयो । 'हाम्रै  गाउँ घरमा किसानलाई आवश्यक सल्लाह , कृषि बाली र पशुपन्छीमा लागेका रोग र समस्याको निदान गर्न आवश्यक छ ,' मन्त्री अधिकारीले भन्नुभयो ।उहाँले मन्त्रालयले  आफ्ना विभिन्न निकाय मार्फत आम किसानको घर दैलोमै सेवा दिन आईरहेकाले किसानलाई यस्को लाभ लिन आग्रह गर्नुभयो । 'विभिन्न पालिकामा यस्  आयोजना मार्फत अत्याधुनीक सेवा सहितका कृषि भवनहरु  निर्माण भएकाले पालिकाहरुले पनि यस्को प्रभाकारी संचालनका लागि ध्यान दिन जरुरी रहेको छ ,'मन्त्री अधिकारीले भन्नुभयो ।

कार्यक्रममा पुर्ब कृषि मन्त्री  रामकृष्ण यादबले  किसानहरुलाई सरकारले बढि भन्दा बढी सहजीकरण गर्न आवश्यक रहेको वताउनुभयो । त्यस्तै पुर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले  कृषिको बजारीकरणमा पनि सरकारले प्राथमिकता दिनु पर्ने बताउनुभयो । नगर प्रमुख जित नारायण यादबले अत्याधुनिक ल्याब सहितको सेवा केन्द्रको संचालनले  कृषि र पशुमा देखिने समस्या  समाधान गर्न सहज हुने बताउनुभयो ।

आयोजनाका निर्देशक एवं सहसचिव डा। चन्द्र रिसालले  केन्द्रको संचालमा पालिकाको भुमिका महत्त्वपूर्ण हुने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । २ करोड ३३ लाख रुपैयाँ लागतमा बनेको अत्याधुनिक प्रयोगशाला सहितको भवनमा माटो परिक्षण देखि कृषि र पशुलाई आवश्यक पर्ने भेट्नरी लगायतका सेवा केन्द्र मार्फत उपलब्ध हुने आयोजनाको  आर्थिक करिडोर , महोत्तरीका प्रमुख राजेश साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार