Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सामसङ इनोभेसन क्याम्पसमा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

सामसङ इनोभेसन क्याम्पसमा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

काठमाडौं । सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ । योसँगै अब नयाँ ब्याचको एआई र बिग डाटाको तालिम सुरु हुने सामसङले बताएको छ ।

त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो.डा. दीपक अर्याल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो. डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरियो ।

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई एआई, बिग डाटा, एलओटी र कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ । एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनौट गरिन्छ ।

यस कार्यक्रममा प्राविधिक सीपको साथै रोजगारीयोग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता सफ्ट स्किलको पनि तालिम दिइन्छ । साथै, विद्यार्थीहरूले एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र एलओटी प्रविधिहरू प्रयोग गरी सामाजिक महत्त्वका परियोजनाहरूमा पनि काम गर्छन् जसले वास्तविक संसारका चुनौतीहरूको समाधान गर्न मद्दत गर्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार