Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल पर्वतारोहण संघ  (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित हुनुभएको छ ।

 शेर्पाले अध्यक्षका प्रत्याशी कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो । शेर्पाले तीन सय ४२ मत पाउँदा गुरुङले दुई सय ८८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी हुनुभएको छ । यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार