Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

३३ वर्षमा मिलिजुली कालिञ्चोक साकोस, सदस्यको जीवन रुपान्तरणमा थप प्रभावकारिताको प्रतिबद्धता

३३ वर्षमा मिलिजुली कालिञ्चोक साकोस, सदस्यको जीवन रुपान्तरणमा थप प्रभावकारिताको प्रतिबद्धता

काठमाडौं । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था ३३ वर्षमा वर्षमा प्रवेश गरेको छ । यसै उपलक्ष्यमा संस्थाले खुल्ला रक्तदान तथा सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, शेयर सदस्य तथा स्थानियवासीहरुले रक्तदान गरेको जनाइएको छ ।

रक्तदान कार्यक्रमबाट रगत अभाव केही हदसम्म भएपनि पूर्ति हुने संस्थाका अध्यक्ष कृष्णबहादुर गौतमले गराउनुभयो । कार्यक्रममा बागमती प्रोस्कून, जिल्ला संघ तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको आथित्यता रहेको थियो । स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेको छ ।

सदस्यहरुको हितको लागि स्थापना गरिएको संस्थाले स्थापनाको ३२ औं बर्ष सफलतापूर्वक पुरा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानले बताउनुभयो । उहाँले सदस्य र समुदायलाई केन्द्रमा राखेर संस्थाले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । आर्थिक मन्दी, नियमकिय परिवर्तन र मुलुकमा आएको वित्तीय चुनौतीको बाबजुद पनि संस्थाले असल अभ्यासको माध्यमबाट सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा निरन्तर क्रियाशील रहेको उहाँले बताउनुभयो ।सञ्चालक समितिका तर्फबाट अध्यक्ष गौतम तथा व्यवस्थापनका तर्फबाट सिईओ न्यौपानेले सदस्यको जीवन रुपान्तरणमा थप प्रभावकारिताको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

समुदायमा उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै ऐन नियमको परिधिमा रहेर संस्था सञ्चालन गर्दै आएको सिईओ न्यौपानेले बताउनुभयो । संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले क्युआर कोड, मोबाइल बैकिङ्ग तथा एटिएम सेवा प्रदान गर्दै आएको छ ।

त्यसका साथै संस्थाले सामाजिक उत्तरदाियत्व अन्तर्गत सामाजिक क्रियााकलाप, वित्तीय साक्षरता, सहकारी शिक्षा तथा नेतृत्व विकासको क्षेत्रमा समेत उल्लेख भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले अक्कुद्वारा सञ्चालन गरेको एक्सेस कार्यक्रममा सहभागी भएर एक्सेस ब्राण्ड समेत प्राप्त गरिसेको छ भने, जिल्ला बचत संघ, जिल्ला सहकारी संघ, सहकारी बैंक र नेफस्कूनबाट समेत विभिन्न समयमा पुरस्कृत भइसकेको छ ।

उद्यमशीलता मार्फत सेयर सदस्यहरुको जीवनस्तर माथि उकास्न लागि परेको उक्त संस्थाले वित्तीय पारदर्शिताका साथै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखको छ । संस्थामा गत असार मसान्तसम्म २२ हजार ९२४ जना सदस्य आवद्ध रहेका छन् ।

संस्थाको शेयर पुँजी ६ करोड ७७ लाख, ८८ हजार, जगेडा कोष ९ करोड १० लाख, कुल संस्थागत पुँजी ९ करोड १० लाख ८० हजार, बचत संकलन १ अर्ब १२ करोड ४९ लाख २१ हजार र ऋण लगानी ९७ करोड ४९ लाख २८ हजार तथा संस्थाको कुल सम्पत्ति १ अर्ब ४० करोड ६७ लाख ५४ हजार पुगेको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार