काठमाडौं । नेपाल शाकाहारी संघको आयोजनामा भोलिदेखि ‘अहिंसा महोत्सव नेपाल २०८२’ हुँदैछ । काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा तीन दिनसम्म चल्ने महोत्सवको तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।
‘करुणाले जोड्छ’ भन्ने नारा रहेको महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पशुपक्षी प्रेम, मानव स्वास्थ्यको ख्याल, पृथ्वीरवातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली प्रवर्द्धनार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
यसै सिलसिलामा महोत्सवमा पशुअधिकार, स्वस्थ जीवनका लागि शाकाहारी हुनुको महत्व, बोटविरुवा आधारित जीवन, आदि विविध विषयवस्तुमा चर्चित व्यक्तिहरु (विदेशीहरुसहित) को गहन, प्रस्तुति, छलफल तथा टक शोका सत्रहरु सञ्चालन हुनेछन् । त्यस्तै योगा सत्र तथा खानपिनका स्टलहरु समेत राखिनेछन् ।
कार्यक्रमको प्रवर्द्धनका लागि गत शनिबार दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
महोत्सवले अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुची राख्ने पशुमुक्ति अभियन्ता, सङ्घसंस्था र समुदायलाई जोड्ने अपेक्षा राखेको आयोजकले जनाएको छ ।
कार्यक्रमको सहआयोजकमा काठमाडौँ एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज, वल्र्ड भिजन अर्गनाइजेसन रहेको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com