काठमाडौ । नेपाली लेखक सङ्घले सवारीसाधनहरूमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट अंग्रजी भाषामा हुनुपर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै यसले नेपाली भाषको अवमूल्यन भएको जनाएको छ । साथै उसले संविधानले समेत नेपाली भाषालाई कामकाजको भाषाको रुपमा स्वीकारेको विषय स्मरण गराउँदै सरकारको उक्त अडानप्रति गम्भीर ध्यानाकर्षणसहित सच्च्याउन जोडदार माग गरेको छ । संघका तर्फबाट अध्यक्ष वियोगी बुढाथोकी तथा महासचिव सोझो गाउँलेले आज विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा तथा देवनागरी लिपिमा हुनुपर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपालीमा नभई अङ्ग्रेजीमै नम्बर प्लेट राख्नुपर्ने कुराले नेपालमै नेपाली भाषाको अवमूल्यन गरेको छ । नेपाली भाषा नेपालको साझा सम्पर्कको भाषा हो । नेपालको संविधान २०७२ ले नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्वीकार गरेको छ । तसर्थ नेपाली सवारी साधनमा जडान गरिने इम्बोस्ट नम्बर प्लेट नेपाली भाषामा एवम् देवनागरी लिपिमा हुनुपर्ने व्यवस्था मिलाउन नेपाली लेखक सङ्घ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।'
यसैगरी विज्ञप्तिमा अगाडि भनिएको छ, 'नेपालभित्र दर्ता भएका सवारी साधनहरूमा जडान गरिने इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुनुपर्ने भन्ने सरकारको निर्णय अझै यथावत् रहेको र कार्यान्वयनमा समेत लग्न खोजेको विषयप्रति नेपाली लेखक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली लेखक सङ्घले सुरुदेखि नै सरकारको यस निर्णयप्रति असहमति जनाउँदै आएको हो र जनस्तरबाट पनि यसको व्यापक विरोध भइराखेको छ ।'
यसैबीच, सरकारले सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट आफू पछि नहट्ने भन्दै असोज १ गतेदेखि जडान नगरेको खण्डमा तत्कालै कारबाही भने नगरिने बताएको बताएको छ। सोही परिप्रेक्ष्यमा सङ्घले पनि गम्भीर ध्यानाकर्षणसहित सच्च्याउन आग्रह गरेको हो ।
नेपाली लेखक सङ्घ २००७ सालको राजनीतिक परिवर्तनसँगै नेपाली समाज र संस्कृतिलाई अग्रगमनतर्फ डोयाउन मद्दत पुर्याउने उद्देश्यले स्थापित प्राज्ञिक संस्था हो । सिर्जनाकर्मका माध्यमबाट मानवीय मूल्यको संरक्षण तथा सामाजिक लोकतन्त्रको प्रवर्धनमा टेवा पुयाउँदै आएका लोकतन्त्रवादी स्रष्टाहरुको साझा मञ्चको रूपमा रहेको उक्त संस्थाले राष्ट्रिय सवालहरूमा चिन्ता र चासो प्रकट गर्दै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com