काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ता आउन आमन्त्रण गरेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादमा आउन नेपाल शिक्षक महासंघलाई आग्रह गरेका हुन् ।
यसअघि चैत २१ र २२ गते पनि शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेको थियो । शिक्षकले भने वार्ताका लागि सरकारले गरेको आग्रहलाई अस्वीकार गर्दै आएका छन् । अहिले वार्ता, संवाद आवश्यक नरहेको भन्दै विगतका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्न महासंघले मन्त्रालयलाई जवाफ पठाएको छ । शिक्षा मन्त्रालयले २१ गते विज्ञप्ति र २२ गते पत्राचार गरेर वार्तामा बोलाएको थियो ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री भट्टराईले समेत वार्तामार्फत शिक्षकमा समस्या समाधान गरिने बताएका थिए । प्रवक्ता सापकोटाले २७ गते वार्तामा आउन पुनः विज्ञप्ति जारी गरेका हुन् ।
वार्ता र संवादको समय तालिका आपसी सल्लाहबाट तय हुने समेत विज्ञप्तिमा उल्लेख छ । राहत, अस्थायी, साविक उमावि, बालविकास र विद्यालय कर्मचारी लगायत शिक्षक-कर्मचारीका प्रतिनिधित्व हुने गरी वार्तामा आमन्त्रण गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com